Premier Cables

विराटनगर

रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न मुख्यमन्त्रीको आग्रह

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | अपराह्न २:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभई देशकै गौरवपूर्ण उत्सव भएको बताएका छन्।

विराटनगरस्थित राधाकृष्ण मन्दिरमा रथयात्राको तयारीबारे जानकारी लिन पुगेका मुख्यमन्त्री कार्कीले यस उत्सवलाई भव्य र सभ्य रूपमा मनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका हुन्।

विज्ञापन

नयाँ स्वरूपमा निर्माण गरिएको रथको अवलोकन गर्दै, पुरानो रथलाई मन्दिर परिसरमै संरक्षण गर्न आग्रह गरे। उनले भने, “पुरानो रथ पनि हाम्रो सम्पदा हो, त्यसलाई जतन गर्नुपर्छ।” मुख्यमन्त्री कार्कीले रथयात्रालाई व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई निर्देशन भइसकेको बताए। साथै, नेपाली सेनासँग हेलिकप्टरबाट पुष्पवृष्टि गर्न आग्रह गरिएको जानकारी पनि दिए।

समितिलाई भारतका मुख्यमन्त्रीहरूलाई तीन महिना अघिनै निमन्त्रणा गरेर रथयात्रामा आतिथ्य सत्कार गर्ने तयारी मिलाउन निर्देशन दिएको बताए। रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी, नन्दकिशोर राठी र कृष्ण कार्कीले रथयात्राको तयारीबारे मुख्यमन्त्रीलाई जानकारी दिएको बताएका छन्।

श्रीकृष्ण अष्टमीको भोलिपल्ट आयोजना हुने विराटनगरको राधाकृष्ण रथयात्रा नेपालकै सबैभन्दा ठूलो तथा एसियाकै दोस्रो ठूलो रथयात्रा भएको भन्दै, भारत र नेपालबाट हजारौं श्रद्धालु सहभागी हुने गरेको उनले बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka