Premier Cables
Premier Steel

अपराध विराटनगर

महेन्द्र मोरङ क्याम्पसको स्ववियु कार्यालयमा कसले राख्यो खुकुरी?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, असार ३१, २०८२  | अपराह्न २:४८ बजे

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्ववियु कार्यालयभित्र धारिलो हतियार खुकुरी फेला परेको छ । घटनामा संलग्न भएको आशंका गरिएका तीन जना विद्यार्थी फरार भएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालय परिसरमा उनीहरूले नाङ्गो खुकुरी प्रदर्शन गरेको आरोप छ ।
मंगलबारको यो घटना बुझ्न तत्काल प्रहरी टोली क्याम्पस पुगेको थियो ।‌

बिज्ञापन

स्ववियु कार्यालय भित्र खुकुरी राखिएको विषयमा आफूलाई जानकारी नभएको र यसमा आफ्नो कुनै संलग्नता नभएको सभापति रोहित यादवले बताएका छन् । आफ्नो संलग्नता पुष्टि भए पदबाट राजीनामा दिने उनले बताएका छन् ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । स्ववियु चुनावको बेलासमेत महेन्द्र मोरङ क्याम्पसमा विधार्थीबीच हानाहान भएको थियो । दराजमा कस्ले खुकुरी राख्यो भन्ने आफूलाई थाहा नभएको यादवको जिकिर छ ।

प्रहरीले बरामद खुकुरी अनुसन्धानका निम्ति साथै लगेको छ । प्रत्यक्षदर्शी विधार्थीका अनुसार असलम साफी, गौतम मण्डल र रमेश यादवले खुकुरी झिक्न लाग्दै थिए । एक छात्रलाई खुकुरीको बिंडले टाउकोमा हानेर ती विधार्थी फरार भए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka