Premier Cables
Premier Steel

राजनीति विराटनगर

सांसद भीम पराजुली : हुलाकी सडकका लागि ‘अब आमरण अनसन’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | अपराह्न ३:४३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेश सभाका सदस्य भीम पराजुलीले शुन्य समयको परिणाम पनि शुन्य आई रहेको भन्दै कोसी सरकारको ध्यानाकर्षण गरेका छन् ।

कोसी सभाको आईतबारको बैठकमा कांग्रेस सांसद पराजुलीले कटहरी–रंगेली हुलाकी सडक खण्डको दुरावस्थाबारे सरकारको ध्यानाकर्षण गरे ।

बिज्ञापन

“हिजो म रंगेली हुँदै झापा काकरभिट्टातर्फ गएको थिएँ, बाटो राम्रो भयो, सडक सुधार भयो होला भन्ने लागको थियो, सरकार पनि बलिया बलिया बनेका छन् । काम पनि राम्रो भयो भन्ने होला थियो,” उनले भने,“ २०६६ सालदेखि नै ठेक्का प्राप्त गरेको थियो । डेढ दशक बित्यो । किसानहरुले सडकमा धान रोप्ने अवस्था छ । किसानले विरोध गरिरहेका छन् । परिवारसँगै गएको गाडीमा जाँदा मलाई त सहज भयो होला तर साइकल, सिटी रिक्सामा हिंड्नेलाई के भई रहेको होला ?”

पराजुलीले यो सडक निर्माणको ढिलासुस्तीको विषयमा पटक पटक आन्दोलन गरेको, अनसन बसेको स्मरण गर्दै अब पनि कामलाई गति नदिए प्रदेश सभा अगाडि आमरण अनसन बस्ने चेतावनी दिए ।

“संघीय मन्त्री प्रकाश ज्वाला हुनुहुन्थ्यो । उहाँ भएकै बेला पटक पटक सहमति भयो तर बाटो बन्दैन् । सरकारभन्दा ठेकेदार बलिया हुन कि ? नबनाएर अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ प्रक्रियामा लैजानु पर्छ,” उनले भने,“ प्रदेश सरकारलाई भन्न चाहन्छु, संघको काम भनेर पन्छिन मिल्दैन, जनतामा वितृष्णा बढ्छ । प्रदेशले स्थानीय र संघको समस्यामा दह्रो खुट्टा बनाउनु पर्छ । हिजो रिले अनुसन गरियो अब प्रदेश सभा अगाडि आमरण अनसन बस्छु ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka