






नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आइतबार विशेष लाइभ गर्दैछ। यो पटक केही विशेष र खास तयारीसाथ रथयात्रा उत्सवको प्रत्यक्ष प्रसारण हुने छ ।
हाम्रो विराटनगरका पत्रकार र प्राविधिक टोली एलईडी लाइभ स्क्रिन सहित फिल्डमा हुने छन् । विराटनगर महानगरपालिकाको सहित बजार क्षेत्रका अधिकांश स्क्रिनहरुमा हाम्रो विराटनगरको लाइभ हेर्न मिल्ने अध्यक्ष राहुल सोनीले बताएका छन् ।
भारतका केही चर्चित र दक्ष क्यामेरा पर्सन र प्राविधिकहरु हाम्रो विराटनगरसंग जोडिएर रथयात्रा लाईभ प्रसारणमा खटिने छन् ।
यसको शुभारम्भ राधाकृष्ण मन्दिर परिसरबाट हुनेछ । भक्तजन संग हाम्रो विराटनगरका पत्रकारले क्वीज कन्टेस्ट गराई गिफ्ट ह्याम्पर समेत वितरण गर्ने छन् ।
यसको प्रत्यक्ष प्रसारण हाम्रो विराटनगरको फेसबुक पेज र न्युज पोर्टलबाट प्रत्यक्ष हेर्न सकिने छ ।