Premier Cables
Premier Steel

विराटनगर

कोशी प्रदेशमै नेपाल इन्जिनियरिङ्ग परिषदबाट स्थायी मान्यता प्राप्त एक मात्र कलेज बन्न सफल ईष्टर्न कलेज अफ इन्जिनियरिङ्

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | साँझ ७:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशको मुटुमा अवस्थित विराटनगर महानगरपालिका २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित हुदै आएको छ ।

 

बिज्ञापन

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई विगत २५ वर्ष देखि अनुभवी एवम् दक्ष प्राध्यापक, सुविधा सम्पन्न कक्षाकोठा, अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला तथा अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन गर्दै इस्टर्न कलेज अफ इन्जिनियरिङ अव्वल सावित हुँदै आएको छ ।

 

अनुशासित वातावरणमा नियमित अध्यापन र अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग विद्यार्थी र अभिभावको रोजाइको पहिलो गन्तब्य बन्दै गएको छ । अनशासित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा विद्यार्थीको आकर्षण बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले बताउनुभयो।

 

विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गरेका छन् । यस कलेजले स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा विगत लामो समयदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

 

यस कलेजलाई हाल नेपाल ईन्जिनियरिङ्ग परिषद्‌को अनुगमन समितिले अनुगमन गर्दा काउन्सिलको मापदण्ड अनुसारको शैक्षिक वातावरण, दक्ष एवम् अनुभवी प्राध्यापक, सुविधा सम्पन्न कक्षाकोठा, Library, E-Library, Journals, सुविधा सम्पन्न Lab, अतिरिक्त शैक्षिक क्रियाकलापहरुलाई अनुगमन गर्दै स्थायी मान्यता प्रदान गरेको छ ।

 

नेपाल ईन्जिनियरिङ्ग परिषदबाट स्थायी मान्यता प्राप्त गर्न सफल भएकोमा यस कलेजका प्राचार्य ई. अमित सुराना भन्छन् यो कोशी प्रदेशकै लागि गौरवको कुरा हो ।

 

यस कलेजबाट उत्पादित दक्ष जनशक्तिहरु देश तथा विदेशमा उच्च एवम् गरिमामय पदमा आफनो सेवा प्रदान गर्दै आईरहेका छन् ।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka