Premier Cables
Premier Steel

विराटनगर

तारमा महानगरको कैंची, इन्टरनेट सेवा अवरुद्ध

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १२:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले तार काटिदिएपछि धेरै क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। यसबाट इन्टरनेट प्रयोगकर्तालाई समस्या भएको छ । विभिन्न अफिस, शिक्षण संस्था, अनलाइन व्यवसाय र बैंकिङ सेवा समेत प्रभावित बनेका छन्।

इन्टरनेट अवरुद्ध हुनुको कारण महानगरपालिकाको सडक व्यवस्थापनका क्रममा काटिएको केबुल तार हो। आगामी चार दिनपछि सुरु हुने राधाकृष्ण रथयात्रा लाई मध्यनजर गर्दै नगर प्रहरीले रथ गुड्ने मेनरोड क्षेत्रहरूमा तार व्यवस्थापन सुरु गरेको थियो।

बिज्ञापन

महागनरपालिकाले सूचना जारी गर्दा समेत अटेर गरेकोले इन्टरनेट तार व्यवस्थापनको लागि काटिएको जनाएको छ । यसबारे पहिल्यै जानकारी गराइएको महानगरले जनाएको छ ।

महानगरपालिकाको नगर प्रहरी टोलीले बिहानैदेखि सडक क्लियरेन्स गर्ने नाममा विभिन्न स्थानमा बिना पूर्वसूचना केबुल तार काटेका हुन्। विशेषगरी इन्टरनेट सेवा प्रदायकहरूको केबुलमा कैंची प्रयोग गरेर तार काटिएको सेवा प्रदायकहरूले जनाएका छन्।

एक स्थानीय इन्टरनेट सेवा प्रदायकका प्राविधिकले भने, ‘हामीले तार व्यवस्थापन गर्न समय मागेका थियौं, तर बिना जानकारी नगर प्रहरीले हाम्रा केबुल काटिदिए। यसबाट सेवामा समस्या आएको छ।’

नेपाल टेलिकम सहित आधा दर्जनभन्दा बढी निजी इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका छन्। कतिपय स्थानमा सेवाग्राहीलाई इन्टरनेट एकैपटक बन्द भएको देखिएको छ भने कतिपय स्थानमा सिग्नल कमजोर देखिएको छ।

उपभोक्ताहरू सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। एक इन्टरनेट प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो समयमै इन्टरनेट काट्नु अति गैरजिम्मेवार हो। हामी घरबाट काम गर्छौं, अनलाइन कक्षा चलाउँछौं। कुनै वैकल्पिक व्यवस्था नहुँदा हाम्रो काम ठप्प भएको छ।’

सार्वजनिक सुरक्षाको दृष्टिकोणले तार व्यवस्थापन गर्नुपरेको महानगरको दाबी छ ।

इन्टरनेट सेवा प्रदायकहरूले काटिएका केबुलको मर्मत कार्य सुरु गरिसकेका छन्। तर सेवा पुरै सामान्य हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

रथयात्रा सञ्चालनका लागि पूर्व तयारीका रूपमा सडक सफाई र तार व्यवस्थापनको काम शुरु गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa