Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका महिला शिक्षकको बिदा कटौती रोक्न माग

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०३, २०८२  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमहानगरपालिकाअन्तर्गतका महिला शिक्षिकाहरूले बिदा कटौतीको निर्णय खारेज गर्न माग गरेका छन् । मंगलबार (आज) विराटनगरका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।

शिक्षिकाहरूले तीज, ऋषिपञ्चमी लगायतका चाडपर्वमा प्रदान हुने बिदा यस वर्ष पनि कायम गर्नुपर्ने माग राखेका छन्। उनीहरूले विगत वर्षहरूमा जस्तै यस वर्ष २०८२ मा पनि सम्बन्धित महिलामैत्री बिदा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बिज्ञापन

ज्ञापनपत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघले महिलाको धार्मिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उल्लेख छ। साथै, बिदा कटौती गर्नु महिला शिक्षिकाहरूको अधिकारमाथि आघात भएको उनीहरूले बताएका छन्। उनीहरूले विधाका अरु विविध विषयमा पनि ध्यानाकर्षण गराएका छन्।

शिक्षिकाहरूले भनेका छन् “तीज, ऋषिपञ्चमी जस्ता पर्व महिला शिक्षिकाहरूका लागि अत्यन्त महत्वपूर्ण छन्। यी चाडपर्वको अवसरमा प्रदान गरिँदै आएको बिदा हटाउनु अन्यायपूर्ण छ।”

ज्ञापनपत्र बुझाउनेहरूमध्ये निर्मला कोइराला, दुर्गा बस्नेत, उषाकुमारी राय, सीमा ठाकुर र पशुपति बस्नेत लगायत रहेका छन्। उनीहरूले महानगरलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। ज्ञापन पत्रमा २२६ महिलाहरूले हस्ताक्षर गरेका छन्।

घटस्थापना पछिको चार दिन विद्यालय लगाउने ,वर्षे बिदा ४५ दिनलाई घटाएर ३६ दिनमा सीमित गरिएको विषयलाई पनि गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको शिक्षक निर्मला कोइरालाले बताइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka