Premier Cables

विराटनगर

विराटनगरका ज्येष्ठ नागरिकलाई टेबल पङ्खा वितरण

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ७:४८ बजे

विराटनगर । विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पङ्खा वितरण गरेको छ ।

वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो ।

बिज्ञापन

वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै घरमै पुगेर पंखा वितरण गरेको वडाध्यक्ष बस्नेतले जानकारी दिए । गर्मीको समयमा ज्येष्ठ नागरिकहरुलाई समस्या नहोस् भनेर टेबल पंखा वितरण गरिएको उनको भनाइ थियो ।

‘यसले गर्दा स्थानीय सरकार ज्येष्ठ नागरिकहरुप्रति जिम्मेवार छ भन्ने देखाउँछ,’ वडाध्यक्ष बस्नेतले भने, ‘वडाले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रासमेत गराउँदै आएको छ ।

वडा सदस्य लक्ष्मी राई, वडासचिव सुमन दाहाल, विद्युत शाखा सुमन कामत र दुर्गा पण्डित साथैमा लिएर ज्येष्ठ नागरिकको घर पुगेका बस्नेतले सोमबार ९ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरेका थिए ।

वडाध्यक्ष बस्नेतका अनुसार यस वर्ष ४५ जना ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गर्ने योजना रहेको छ । गत वर्ष १३६ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको थियो । वडाभित्र ८० वर्ष उमेर पूरा भएका करिब १८२ जना ज्येष्ठ नागरिक छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो