Premier Cables
Premier Steel

सम्पादकीय

गंगा आरतीको ‘कपिड भर्सन’, धार्मिक महत्व कति?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कुनै समय, स्थानीय तहहरूबीच डिजिटल बोर्ड जडानको होड चलेको थियो। तर, ती बोर्ड अहिले प्रायः बिग्रिएका छन्, कतै अक्षरहरू अधुरो स्क्रोल भइरहेका छन्, कतै त पूर्णरूपमा नबलेर टिमटिमाइरहेका छन्। धेरैजसो बोर्ड निष्क्रिय छन्। महालेखा परीक्षकको कार्यालयले तिनमा भएको खर्चबारे प्रश्न उठाएको छ, बेरुजुसमेत लेखिएको छ।

त्यसपछिको अर्को लहर थियो – खुला व्यायामशालाको। केही ठाउँमा थोरै समय चले, कतै सुरु भएलगत्तै बन्द। निर्माणमा स्वार्थ समूहको भूमिका देखियो, उपकरण खरिदमा आसेपासे प्रवृत्ति हावी भयो। अहिले ती उपकरण बिग्रिएका छन्, छाडा छन्, कतै झारले ढाकेका छन्। स्थानीय तहले मर्मततर्फ ध्यान दिएको देखिँदैन।

बिज्ञापन

अहिले कोसी प्रदेशमा फेरि नयाँ ट्रेन्ड आएको छ -‘गंगा आरती’। विभिन्न नगरपालिकाहरूले नदी किनारमा करोडौं खर्चेर आरती स्थल बनाइरहेका छन्। विराटनगरमा हनुमान मन्दिर छेउ बनाइएको संरचना, परोपकार घाट, घिनाहाघाट लगायत स्थानहरूमा आरती सञ्चालन भइरहेको छ। यस्तै कार्यक्रम इटहरी र झापामा पनि भइरहेका छन् -बनारसको गंगा आरतीको नक्कलजस्तै, ‘कपिड भर्सन’।

तर, गंगा आरती भनेको गंगानदीको किनारमा हुने विशेष धार्मिक कर्म हो, जहाँ बनारस, इलाहाबाद र कलकत्ताका आरती विशेष मानिन्छन्। हालै सप्तकोसी र फेवाताल किनारमा पनि यस्तै आरती सुरु गरिएको छ। नारायणी नदी किनारमा समेत आरती हुन्छ। पशुपति आरती त अझ विशेष छ, जहाँ भक्तजनको ठुलो भिड लाग्छ, धार्मिक महत्वसमेत स्पष्ट छ।

तर, कोसी प्रदेशका स्थानीय तहहरूले संरक्षण गर्न नसकेका, प्रदूषित खोला किनारमा गंगाको नाममा आरती गरिरहेका छन्। ती खोलाहरू गंगासँग न साँस्कृतिक न धार्मिक सम्बन्ध राख्छन्। यस्तो नक्कल आरतीले साँच्चै धार्मिक हैसियत राख्छ त? यो प्रश्न धर्ममा विश्वास राख्नेहरूकै लागि खुला छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka