Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको वृद्धि

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | अपराह्न ३:३४ बजे
Hamro Biratnagar Headlines

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

बिज्ञापन

आज १३ उपसूचकमध्ये तीन समूहमा मात्रै रातो पोतिएको छ भने बाँकी सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्ने समूहमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको १.५६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, बैंकिङ समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८१ प्रतिशत, लगानी समूहको ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.५० प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.२० प्रतिशत, निर्जीवन बीमा समूहको ०.४३ प्रतिशत र अन्य समूहको ०.६५ प्रतिशतले बढेको छ ।

आज घट्ने समूहहरुमा विकास बैंक समूहको ०.०५ प्रतिशत, जीवन बीमा समूहको ०.०४ प्रतिशत र व्यापार समूहको २.८४ प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार विष्णु भुषाल भन्छन्, ‘आज दिनभरि घटेको बजार अन्तिम समयसम्म सम्हालिएको छ । आजको बजारलाई पनि नाफा बुक र सामान्य करेक्सनकै रुपमा लिन सकिन्छ । नयाँ सरकार बन्ने माहोल छ । आज भर्खरै नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् ।

अब बजारको लागि राम्रो माहोल बन्ने देखिन्छ । सम्भवतः अबको एक दुईदिनमा सरकार क्याबिनेट बनिसक्नेछ र लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारको सरकार बन्नेछ । आज करेक्सन देखिएको बजार आइतबारबाट ठूलो भोल्यमुमा फेरी बढ्नेछ ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka