Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

युद्धको असर: कच्चा पदार्थ अभावले सुनसरी-मोरङ औद्योगिक करिडोरमा बढी असर

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीच बढ्दो युद्धको प्रभाव नेपाली उद्योग क्षेत्रमा देखिन थालेको छ। विशेषगरी प्लास्टिक उद्योग कच्चा पदार्थको अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् भने सञ्चालनमा रहेका उद्योगहरूले समेत उत्पादन करिब ३० प्रतिशतले घटाएका छन्।

उद्योगीहरूका अनुसार पेट्रो–केमिकल र पोलिमरजस्ता आवश्यक कच्चा पदार्थ आयातमा समस्या भएपछि उत्पादनमा कटौती गर्नुपरेको हो। हेटौंडास्थित उद्योगहरूले पेय पदार्थका बोतल उत्पादनमा समेत कठिनाइ भोगिरहेका छन्।

बिज्ञापन

नेपालले प्रायः भारतमार्फत कच्चा तेल र त्यसबाट बन्ने पदार्थ आयात गर्ने भएकाले भारतमै आपूर्ति संकट देखिँदा यसको प्रत्यक्ष असर नेपालमा परेको छ। युद्ध लम्बिँदै गए प्लास्टिक मात्र होइन, अन्य उद्योगसमेत बन्द हुने जोखिम बढेको उद्योगीहरूको भनाइ छ।

अहिले प्लास्टिक ‘दाना’को अभाव तीव्र बन्दै गएको छ भने यसको मूल्य ४० प्रतिशतसम्म बढेको छ। यसले प्याकेजिङ, पाइप, हेल्मेट, कुर्सी, बोतललगायत उत्पादनमा सीधा असर पारेको छ। उद्योगहरू हाल मौज्दातमा रहेको कच्चा पदार्थकै भरमा चले पनि एक–दुई साताभित्र नयाँ आपूर्ति नभए धेरै उद्योग बन्द हुने चेतावनी दिइएको छ।

रूपन्देही, बुटवल, भैरहवा–परासी र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ, जहाँ सयौं उद्योग र हजारौं श्रमिक प्रभावित हुने अवस्थामा छन्। भारतीय आपूर्तिकर्ताले नयाँ अर्डर लिन छाडेको र ढुवानी कम्पनीहरूले पनि सामान पठाउन नसक्ने संकेत दिएका छन्।

उद्योगीहरूका अनुसार पेट्रोलियमसँग सम्बन्धित कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा तीव्र बढेको छ। पहिले ९ सय डलर पर्ने सामग्रीको मूल्य १,५०० डलरसम्म पुगेको बताइएको छ।

नेपालमा अधिकांश उद्योग भारतको रिलायन्स र इन्डियन आयल कर्पोरेसनबाट कच्चा पदार्थमा निर्भर छन्। तर हाल एलसी खोले पनि सामान आयात हुन नसक्ने अवस्था आएको छ। केही उद्योगको मौज्दात सकिँदै गएको र चाँडै उत्पादन पूर्ण रूपमा रोकिने खतरा रहेको जनाइएको छ।

युद्धका कारण भारतले आफ्नै बजारलाई प्राथमिकता दिँदै निर्यातमा कडाइ गरेपछि नेपालगन्जलगायत अन्य औद्योगिक क्षेत्र पनि प्रभावित भएका छन्। कच्चा पदार्थ अभावले दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ।

यस्तै, सुनसरी–मोरङ क्षेत्रमा खाडी मुलुकबाट आउने कच्चा पदार्थ आपूर्ति रोकिँदा सयभन्दा बढी उद्योग प्रभावित भएका छन्। उद्योगीहरूका अनुसार भारतले पनि निर्यात रोकेपछि वैकल्पिक आपूर्ति नहुँदा समस्या झन् गहिरिएको छ।

उद्योग संगठनहरूले कच्चा पदार्थको मूल्य ६० प्रतिशतभन्दा बढी बढेको बताएका छन्। केही उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् भने धेरै उद्योग बन्द हुने संघारमा छन्।

यसबीच, इन्धन मूल्यवृद्धि र ढुवानी लागत बढ्दा अन्य उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने दबाब देखिएको छ। साथै, रुस र युक्रेनबाट आउने मल तथा खाद्यान्न आपूर्ति शृंखला पनि प्रभावित हुँदा समग्र अर्थतन्त्रमा थप चुनौती थपिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka