Premier Cables

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको उछाल, नेप्से २९६० विन्दु नाघ्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको तेस्रो कारोबार दिन (चैत १०) सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बजार २३.८३ अंकले बढ्दै २९६०.४० विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार भने बजार सामान्य ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा सीमित रहेको थियो।

यस दिन ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ, जहाँ १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

विज्ञापन

कारोबारका क्रममा दुई कम्पनी—सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स—का सेयर सकारात्मक सर्किट लेभलमा पुगे। साथै, सोलु हाइड्रोपावर, हिमालयन पावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले पनि राम्रो नाफा कमाए।

यता, फर्स्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र ग्रामीण डिबेन्चरमा लगानी गर्नेहरू भने घाटामा रहे। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजारमा उतारचढावबीच लगानीकर्ताको सक्रियता उच्च नै देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka