काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (चैत ८) सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेर २९३१.५५ विन्दुमा पुगेको छ।
आज ६ करोड १४ लाख ७ हजारभन्दा बढी कित्ता सेयर २ लाख ४ हजार ९५५ पटक किनबेच हुँदा कुल २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बिज्ञापन
३६४ कम्पनीको सेयर कारोबार हुँदा १८३ कम्पनीको मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ। आठ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
यसदिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको सेयर मूल्य उच्चतम सीमासम्म बढेको छ।