Premier Cables
Premier Steel

विराटनगर शिक्षा

नेविसंघद्वारा पूर्वाञ्चल विश्वविद्यालयमा शैक्षिक समस्या समाधानको माग

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | राती ९:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय शिक्षा विभागले पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका विभिन्न शैक्षिक र प्रशासनिक समस्याको शीघ्र समाधानको माग गर्दै सोमबार (२०८२ साउन २६) उपकुलपति समक्ष ज्ञापनपत्र बुझाएको छ।

स्व. गिरिजाप्रसाद कोइरालाको परिकल्पनामा पूर्वी नेपालको शैक्षिक उन्नयनका लागि स्थापित विश्वविद्यालयलाई मुलुकको शैक्षिक केन्द्रबिन्दु बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै, नेविसंघले हालको अकर्मण्यताले विद्यार्थीको भविष्य संकटमा परेको चेतावनी दिएको छ।

बिज्ञापन

ज्ञापनपत्रमा उल्लेख गरिएका मुख्य समस्यामा नियमित परीक्षा परिणाम प्रकाशनमा ढिलाइ, शैक्षिक पात्रोको अभाव, सबै सेमेस्टरमा मौका परीक्षा व्यवस्था, अनलाइन फारम प्रणालीको आवश्यकता, पुरानो व्यवस्थापन क्याम्पस मा बीबीए बाहेक अन्य कार्यक्रम सञ्चालन, र अनुसन्धान र विकासकाे कमी रहेका छन्।

नेविसंघले विशेषगरी सेमेस्टर प्रणालीमा परीक्षा परिणाम लामो समयसम्म नआउनु, स्पष्ट शैक्षिक क्यालेन्डर नहुँदा हुने अन्योल, र अनलाइन फारमको अभावलाई तत्काल समाधान गर्न माग गरेको नेविसंघ शिक्षा विभाग प्रमुख एरिका ढकालले बताइन ।

साथै, विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन व्यापक R&D लगानी र नयाँ PhD कार्यक्रमहरू सुरु गर्नुपर्नेमा जोड दिएको छ।

संघले यी मागहरू तत्काल सम्बोधन नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka