Premier Cables

राजनीति विराटनगर

पालिका अधिवेशन गर्न नेविसंघ मोरङले तोक्यो प्रतिनिधि

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न २:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कार्य समिति अन्तर्गत हुने १२ औं महाधिवेशनको सन्दर्भमा मोरङका १७ वटै स्थानीय तहबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ।

मोरङ जिल्ला कार्य समितिको सिफारिसमा पालिकागत प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको छ । प्रतिनिधिहरूलाई आगामी साउन २१ गतेबाट अधिवेशन कार्य शुरु गर्न पत्राचार गरिएको छ। अधिवेशन भदाै ७ गतेसम्म पूरा गर्ने गरी गराउन प्रतिनिधहरुलाइ जिम्मेवारी दिइएकाे जनाइएकाे छ ।

विज्ञापन

पत्रमा विराटनगरदेखि रंगेली, धनपालथान, केराबारी, पथरी–शनिश्चरेलगायतका पालिकामा अधिवेशन गराउन दुईरदुई जना गरी प्रतिनिधि चयन गरिएको उल्लेख छ।

विराटनगरमा गुड्डु साह ,युगेंन रेग्मी, मनिषा शर्मा र रेहान भट्टराई, कटहरी गाउँपालिकामा शुभम देव ररवेश कोइराला, बुढीगंगा गाउँपालिकामा गुड्डु साह, एकराज राजवंशी रनिर्जल गिरी, ग्रामथान गाउँपालिकामा निशा ठाकुरर दिवेश सरदार, सुन्दरहरैंचामा सरोज लुइँटेल, युजिन आचार्य र मीना चुडाल, बेलबारीमा कौशल खतिवडा रसुमन श्रेष्ठ, लेटाङ्गमा रोविन श्रेष्ठ र शुभम भट्टराई, उर्लाबारीमा पोषण आचार्य र सोमनाथ फुयाल, केराबारीमा सुमन राउत र साहेब अन्सारी, रतुवामाईमा उज्ज्वल निरौला र मनिष दास, सुनवर्षीमा सचिन सिंह र मंजु थापा, धनपालथानमा प्रेम पारप, जहदामा सन्जोग गौतम र एमडी सहजाद आलम,पथरीशनिश्चरेमा शंकर बुढाथोकी र शैलेस बिष्ट, कानेपोखरीमा सुवास बिष्ट र सुजन भट्टराई, मिक्लाजुङमा पोषण आचार्य र सरु श्रेष्ठ, रंगेलीमा सुभम देव र मनुकुमार बिष्ट प्रतिनिधि तोकिएका छन् ।

नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सभापति सरोज पाेखरेलले अधिवेशनको तयारीर्ला तीव्र पारिएको जानकारी दिएका छन् । सबै प्रतिनिधिहरूले तोकिएको मितिमा अनिवार्य रूपमा अधिवेशन कार्य सम्पन्न गर्न पत्राचार गरिएको उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka