Premier Cables
Premier Steel

राजनीति

नेविसंघको माग: निर्वाचनअघि नै कांग्रेस महाधिवेशन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आउँदो २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ।

कांग्रेसले पछिल्लो पटक २०७८ मंसिरमा १४औं महाधिवेशन सम्पन्न गरेको थियो। त्यस आधारमा अबको नियमित महाधिवेशन पनि यही मंसिरभित्र हुनुपर्ने कानुनी बाध्यता छ।

बिज्ञापन

नेविसंघको केन्द्रीय समिति बैठक असोज २५ गते बसेको थियो। बैठकले निर्वाचन अगावै पार्टीको महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “हालको सरकारले २०८२ फागुन २१ मा निर्वाचन घोषणा गरिसकेको अवस्थामा कांग्रेसभित्र चलिरहेको रूपान्तरणको बहस सकारात्मक छ। यस्तोमा निर्वाचनअघि नै पार्टीले महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सहभागी हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा छ। यस विषयमा मातृ पार्टीको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ।”

त्यस्तै, नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। उनी र उनका समर्थकहरूले “जेनजी” आन्दोलनमा घुसपैठ गर्ने, हिंसा भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै त्यसबारे अनुसन्धान आवश्यक रहेको नेविसंघले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka