Premier Cables

विराटनगर

नयाँ अस्पतालमा मेयर नागेश कोइरालाले गरे दन्त परीक्षण

Calendar शुक्रबार, साउन २३, २०८२  | साँझ ६:०६ बजे

विराटनगर । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ ।

आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्त परीक्षणदेखि परामर्श सेवा समेत दिन आग्रह गरे ।

बिज्ञापन

धेरै मानिसहरु दातको समस्यावाट पीडित भएको अवस्थामा आधुनिक प्रविधिका साथ हस्पिटलहरु स्थापित हुनु गौरवको विषय भएको बताए । मेयर कोइराला आफैले दन्त परीक्षण समेत गराएका थिए ।

४ वटा डेन्टल चेयरवाट एकसाथ सेवा दिइने हस्पिटलका सञ्चालक तथा डि.एच राजाराम यादवले जानकारी दिए । वरल क्यामेराद्धारा दातको परिक्षण,आरविजीद्धारा आर.सिटी र दन्त परीक्षण तथा परामर्श प्रदान गरिने छ ।

मानिसहरुलाई सहज र सरल विधिवाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा.भावना यादवले जानकारी दिइन । सामान्य ज्ञानले पनि दात जोगाउन सकिन्छ । हस्पिटलमा आउने हरेक मानिसलाई सेवाभावका साथ काम गर्छौ यादवले भनिन् ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka