Premier Cables
Premier Steel

कोशी प्रदेश

सांसद लिम्बूको तर्क : मायाजाल बुनेर महिलामाथि शोषण हुन्छ

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बिहिबार, साउन २२, २०८२  | अपराह्न ३:१३ बजे

विराटनगर । कोसी प्रदेश सभामा विपक्षी दल जसप संसदीय दलकी नेता निर्मला तावा लिम्बूले वहुविवाह गर्ने विषयमा प्रदेशले समेत खबरदारी गर्नुपर्ने बताएकी छिन् । कोसी प्रदेश सभाको बिहीबारको बैठकमा बोल्दै तावाले मायाजाल र आश्वासन देखाई महिलामाथि शारीरिक शोषण हुने गरेको बताइन ।

उनले महिलालाई कोदालोले हानेर समेत हत्या हुने गरेको उदाहरण पेश गर्दै घरेलु हिंसा अन्त्य गर्नुपर्ने माग गरिन । भनिन्,‘‘वहुविवाह सम्बन्धी प्रस्ताविक कानुनले महिलाको अधिकार झन् कमजोर हुने छ ।’’

बिज्ञापन

उनले धेरै अगाडि नै सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक सभामा दर्ता भएको तर सरकारले नल्याएर, अहिले किन ल्याएको ? भन्दै प्रश्न गरिन । धेरै विधेयक पारित गर्नु पर्ने भन्दै गैरसकारी रुपमा ५ महिनासम्म सरकारले रोकेर फेरि एउटै विषयमा किन ल्याएको भन्दै सरकारसँग जवाफ माग गरिन ।

‘‘कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो भयो । आम प्रदेशको वहुसंख्यक समुदायलाई आवश्यक गर्ने कुरा हो । लिम्बू र मैथिली भाषा कामकाजीको भाषा हुँदा कसैको आत्मसम्मानमा पनि ठेस पुग्दैन्,’’ उनले भनिन् । भाषा सम्बन्धी गैरसकारी विधेयक विपक्षी दलका दुई सांसदले प्रदेश सभामा दर्ता गराएका थिए ।

५ महिना अघि ल्याएको पास गर्ने कि नयाँलाई गर्ने भन्दै सरकारसँग प्रश्न गरिन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka