Premier Cables

समाचार

अख्तियारले लियो माधव नेपालसँग बयान

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पतञ्जलीको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ। अख्तियारले केही समय अघि उहाँको बयान लिएको स्रोतले बतायो। काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ।

 

विज्ञापन

केन्द्रीय अनुसन्धान ब्युरोले पनि यसको अनुसन्धान गरिरहेको थियो। तर अख्तियारले अनुसन्धान गर्न थालेपछि दोहोरो अनुसन्धान हुने भन्दै सिआइबीले यसलाई रोकेको हो। तत्कालीन समयमा २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर पछि हदबन्दी भन्दा बढी गएर कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka