Premier Cables
Premier Steel

समाचार

फरक क्षमताकी महिलामाथि करणी गर्ने मानिस पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | बिहान १०:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । फरक क्षमता भएकी महिलामाथि जबर्जस्ती करणी गरी फरार रहेका प्रतिवादी राम चन्द्र बस्नेत पक्राउ परेका छन्। ४५ वर्षीय बस्नेतलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६, बनस्थली क्षेत्रबाट साउन १९ गते दिउँसो १२:४५ बजे पक्राउ गरेको हो।

घटना २०८१ साउन ६ गते दिउँसो करिब ५ बजे घटेको हो। सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिका–२ पोखरी निवासी बस्नेतले राजधानीको वतन टोलस्थित एक फरक क्षमता भएकी महिलामाथि करणी गरेको आरोप छ। घटनापछि बस्नेत फरार थिए।

बिज्ञापन

पक्राउपश्चात उनलाई काठमाडौँबाट पक्राउ गरी सोलुखुम्बु ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार उनलाई साउन २१ गते जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka