Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

विराटनगर रथयात्राः मुख्यमन्त्रीलाई निम्तो,भारतसँग समन्वयकाेआग्रह

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न ३:३३ बजे

विराटनगर । विराटनगरमा आगामी राधाकृष्ण रथयात्राको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसपटकको विशेष रथयात्रामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

रथयात्रा मूल आयोजक समितिका पदाधिकारीहरूले बुधबार मुख्यमन्त्री कार्कीलाई भेट गरी औपचारिक निमन्त्रणा दिएका हुन्। सो अवसरमा समितिले भारतका तीन राज्य—सिक्किम, पश्चिम बंगाल र बिहार—का मुख्यमन्त्रीहरूलाई पनि रथयात्रामा अतिथिका रूपमा सहभागी गराउन समन्वय गरिदिन आग्रह गरेको छ।

बिज्ञापन

आयोजक समितिका सचिव कृष्ण कार्कीका अनुसार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, पश्चिम बंगालकी ममता बेनर्जी र बिहारका मुख्यमन्त्री नितीश कुमारलाई निमन्त्रणा पठाइसकिएको छ। समितिले उनीहरूको सहभागिताका लागि नेपाल सरकार र कोसी प्रदेश सरकारसँग समन्वय गरिरहेको छ।

मुख्यमन्त्री हिक्मत कार्कीसँगको छलफलपछि, परराष्ट्र मन्त्रालयमार्फत आधिकारिक समन्वय गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सचिव कार्कीका अनुसार सिक्किमका मुख्यमन्त्री तामाङले भने भारतको परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेका छन् र उनी सहभागी हुने सम्भावना लगभग निश्चित जस्तै देखिएको छ।

“सिक्किमका मुख्यमन्त्री ज्यू आउने कुरामा प्रष्टता आएको छ,” सचिव कार्कीले भने, “यो वर्ष भारतीय अतिथिहरूलाई ल्याउन प्रदेश सरकारले विशेष पहल गरिरहेको छ।”

नेपालको कानुनअनुसार विदेशी उच्च पदस्थ अधिकारीहरूको सहभागिताका लागि परराष्ट्र मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ। सोही अनुसार कोसी प्रदेश सरकारले सम्भावित भारतीय अतिथिहरूको सूची तयार गरी परराष्ट्र मन्त्रालयमा पठाउने तयारी गरिरहेको बताइएको छ।

यस वर्षको रथयात्राको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नेछन्। उहाँले मन्दिर परिसरमा विशेष पूजाआर्चना गरेपछि अपराह्न ३ बजे तीनपैनीबाट रथयात्रा सुरु हुनेछ। परम्पराअनुसार, विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka