Premier Cables

कोशी प्रदेश

बोराबाँधमा कोशीका मुख्यमन्त्री, खादा लगाए-डुंगा चढे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | साँझ ७:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदी किनार पुगेका छन् । केही अघिदेखि चर्चामा रहेको बोराबाँध पुगेर उनले नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताए ।

पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि शुक्रबार साँझ उनी त्यहाँ पुगेका थिए । आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले आश्वासन दिए ।

विज्ञापन

“प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौं, यही विकासबाट पनि समृद्धि ल्याउने हो”, मुख्यमन्त्री कार्कीले भने, “वर्षातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं तर अन्य बेला के के समस्या छन्, के के सम्भावना छन्, हामीले के गर्नुपर्ने प्रदेश सरकार तयार छ ।”

कार्कीले स्थानीय समितिलाई स्थानीय समस्या र आवश्यकताबारे सरकारलाई लिखित रुपमा पठाउन आग्रह गरे ।

सरकारले कोशी नदीमा आधारित पर्यटनलाई विकास गर्ने योजना बनाइरहेका बेला जनस्तरबाट प्रचार प्रसार र प्रवर्द्धनमा उल्लेखनीय काम भएको चर्चा गर्दै बोराबाँधको पर्यटन प्रवर्धनले अरुलाई पनि प्रेरणा दिने बताए ।

उनले स्थानीयलाई धन्यवाद दिँदै भने, “कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रुपमा बोराबाँध आउँदा खुसी लागेको छ, यहाँ आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने छ ।”

बोराबाँध पर्यटन समितिका अध्यक्ष वसन्त राईले सडक असुविधा, शौचालय र भौतिक संरचना निर्माणमा सहयोग गर्न आग्रह गरे ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka