Premier Cables
Premier Steel

अर्थ विराटनगर

व्यापार संघमा इन्डस्ट्रीयल अटोमेसन पावर कन्ट्रोल तालिम सम्पन्न

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | साँझ ७:०७ बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको उर्जा समितिद्वारा आयोजित इन्डस्ट्रीयल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सम्पन्न भएको छ ।

साउन १४ गते देखि २० गते सम्म संघको समृद्धि हलमा तालिम संचालित थियो । त्यसमा विभिन्न उद्योगहरुका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुलाई आधुनिक औद्योगिक विद्युत प्रणाली अटोमेसन कन्ट्रोल, प्रोगामएबल लजिक कन्ट्रोलर, मोटर ड्राइभका विद्युत सुरक्षाका उपायहरु र उर्जा दक्षता सम्बन्धी विषयहरुमा सैद्धान्तिक र व्यवहारिक सीपहरु प्रशिक्षण गराइएको थियो ।

बिज्ञापन

तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मुलभूत उद्देश्य बमोजिम उद्योग÷व्यवसाय क्षेत्रको विकास तथा आधुनिकीकरणका निम्ति आवश्यक पर्ने विविध ज्ञान प्रदान गरिएको बताए । संघले त्यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराए ।

सोही क्रममा संघका महासचिव संजय कुमार श्रेष्ठले तालिमबाट प्राप्न सीम लाभदायक रहेको र प्रशिक्षार्थीहरुले कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्यूत सम्बन्धी थप सुरक्षित उपाय अपनाउन सुझाव दिए ।

साथै, संघका कार्यकारिणी सदस्य तथा संघको उर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

तालिमका सहजकर्ता शंकर कामतले संघले आफूलाई मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा कार्यरत विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुलाई आधुनिक औद्योगिक विद्युत प्रणालीसँग सम्बन्धित विषयमा ज्ञान दिइएको बताए ।

त्यसैगरी, तालिममा सहभागी प्रशिक्षार्थीहरु मध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलराम कुमार साहले आफुले तालिमबाट प्राप्त गरेका सीपहरु उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी भएको सुनाए ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरुको उल्लेख्य सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र समेत वितरण गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka