Premier Cables
Premier Steel

विराटनगर

कोसीका डिआईजीलाई मोरङ व्यापार संघको स्वागत

संघका कार्यवाहक अध्यक्ष अनिल कुमार साहसहित उपाध्यक्ष (वाणिज्य) अनिल सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी, कार्यकारिणी.सदस्यहरु मनिष कुमार मारु, देवाशिष गोल्छा, अमित राठी, गोपाल अग्रवाल, डा. बन्दना जैन र आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखाले कार्कीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरे ।

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ११, २०८२  | साँझ ७:५४ बजे
Hamro Biratnagar Headlines
Link copied to clipboard

विराटनगर । मोरङ उद्योग व्यापार संघले कोसी प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीलाई संघमा स्वागत गरी छलफल गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष अनिल कुमार साहसहित उपाध्यक्ष (वाणिज्य) अनिल सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, प्रवक्ता दिपेश सुवेदी, कार्यकारिणी.सदस्यहरु मनिष कुमार मारु, देवाशिष गोल्छा, अमित राठी, गोपाल अग्रवाल, डा. बन्दना जैन र आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखाले कार्कीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरे ।

बिज्ञापन

त्यस अवसरमा कार्यवाहक अध्यक्ष साहले प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त दिए । कार्यक्रममा कोसी प्रदेश प्रहरी गण, रानीका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, वडा प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खड्का, प्रहरी निरीक्षक आवेस थापा, कोसी प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षकहरु महेश भट्टराई, शेखरजंग मल्ल लागयतको उपस्थिति रहेको थियो ।

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना संचालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराईले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार १ हजार ५१३ मत गणना सम्पन्न हुँदा भट्टराईको अग्रता दोस्रो प्रतिष्पर्धीभन्दा झण्डै दोब्बर रहेको छ ।

भट्टराईले ७१४ मत प्राप्त गर्दै अध्यक्ष पदमा अग्रता बढाइरहेका छन् । वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरेले ४७४ मत प्राप्त गरेका छन् । अध्यक्षकै प्रतिष्पर्धी दुर्गा चापागाईँले भने २५१ मत पाएकी छन् ।दुई उपाध्यक्ष मध्ये खुल्लामा चापागाईँ प्यानलका भोला घिमिरे अगाडि छन् ।

घिमिरेले ४६७ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी बुद्धिप्रसाद पौडेलले ३८५ मत प्राप्त गरेका हुन्

।महिला उपाध्यक्षमा भट्टराई प्यानलकै सावित्रा कुमारी न्यौपाने झिनो मतान्तरले अगाडि रहेकी छन् । उनलाई चापागाईँ प्यानलकी सावित्रा पोखरेलले ६ मत अन्तरले पछ्याइरहेकी छन् ।

सचिव पदमा पनि भट्टराई प्यानलकै प्रदीक कुमार नेपालले ६२८ मतका साथ अग्र स्थानमा छन् । नगेन्द्र प्रसाद ढकालले ३३६ मत पाएर पछ्याएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा राजेन्द्र कुमार पोखरेल एक मतले अगाडि छन् । चापागाईँ प्यानलका पोखरेललाई हिण्य निरौलाले पछ्याइरहेका छन् । शनिबार राती साढे ११ बजेदेखि सुरु भएको मत गणना सकिन समय लाग्ने भएको छ । दुईवटा मतगणना केन्द्रमा मतगणना जारी रहेको जनाइएको छ ।

मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका थिए । निर्वाचनमा ३ हजार ९६४ मत अर्थात मतदाताको ६६ प्रतिशत मत मात्रै खसेको थियो ।विराटनगर । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । गत सोमबार आगामी आर्थिक वर्ष २०८२–८३ का लागि कार्यक्रम सभामा पेश भएको थियो ।
आइतबार बसेको सभाको बैठकमा वहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गरेका थिए ।
सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले प्रदेशको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले दीर्घकालिन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka