Premier Cables
Premier Steel

अर्थ विराटनगर

कार्यस्थलमा सुरक्षा मापदण्डको पालनामा व्यापार संघको जोड

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
Link copied to clipboard

विराटनगर । मोरङ उद्योग व्यापार संघले “सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य” भन्ने नारासहित व्यवसायिक स्थलहरुको सुरक्षा, अग्नि जोखिम व्यवस्थापन र वीमा नीतिहरु सम्बन्धी सेमिनारको आयोजना गरेको छ। उद्योगी तथा व्यवसायीलाई आफ्ना कार्यस्थलमा अपनाउनु पर्ने सुरक्षा उपाय तथा वीमा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले उक्त सेमिनार आयोजना गरिएको हो।

सेमिनार संघका कार्यसमिति सदस्य तथा वीमा तथा वित्तीय समन्वय समितिका संयोजक अमित राठीको संयोजकत्वमा सम्पन्न भएको थियो भने संघका अध्यक्ष अनुपम राठीले सभापतित्व गर्नु भएको थियो। महासचिव संजय कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

बिज्ञापन

उक्त कार्यक्रममा नेपाल वीमा प्राधिकरण कोशी प्रदेशकी प्रमुख प्रिती देव र विराटनगर महानगरपालिकाका नगर निरीक्षक राजन पौडेलको विशेष उपस्थिति रहेको थियो। सेमिनारमा अग्नि जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र वीमा विज्ञ प्रज्वल आचार्यले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष अनुपम राठीले कार्यस्थलमा सुरक्षा मापदण्डको पालना गर्नु सम्पूर्ण उद्योगी–व्यवसायीको दायित्व भएको उल्लेख गर्दै सुरक्षात्मक उपायले जीवन, सम्पत्ति र व्यवसायलाई सुरक्षित राख्न सहयोग पुग्ने धारणा राखे । साथै, कर्मचारी, आगन्तुक तथा ग्राहकहरुको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

सेमिनारका संयोजक अमित राठीले सुरक्षित कार्य वातावरणले व्यवसायमा उत्पादकता र आत्मविश्वास बढाउने बताए। उनले कार्यस्थलमा हुने सम्भावित जोखिमहरुलाई समयमै पहिचान गरी नियन्त्रण गर्न संवेदी इन्द्रियहरू ९सुनाइ, देखाइ, अनुभूति० सधैं सचेत राख्नुपर्नेमा जोड दिए ।

सेमिनारका सहजकर्ता मनोज खत्री र प्रज्वल आचार्यले अग्नि जोखिम व्यवस्थापनका उपाय, वीमा नीतिहरु, सुरक्षाका लागि आवश्यक उपकरणहरूको प्रयोग र व्यावहारिक अभ्याससमेत सहभागीहरुलाई गराएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka