Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका प्रवेश भिसा लिन अब १५ हजार डलर धरौटी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । अमेरिका प्रवेशका लागि भिसा लिन कतिपय मुलुकका नागरिकले १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नियम ट्रम्प प्रशासनले ल्याउन लागेको न्युयोर्क टाइम्सले जनाएको छ। भिजिट भिसामा अमेरिका गएर आफ्नो देश नफर्किने प्रचलनलाई निरूत्साहित गर्न यस्तो नियम ल्याउन लागेको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ।

सन् २०२३ मा मात्रै अमेरिका प्रवेश गरेका ५ लाखभन्दा बढी मानिस आफ्नो देश नफर्किएको सरकारी अधिकारीहरूले बताएका छन्। यसरी वैध भिसामा अमेरिका प्रवेश गरेर नफर्किनेहरूको सो धरौटी जफत हुनेछ भने आफ्नो देश फर्किनेले पैसा फिर्ता पाउनेछन्।

बिज्ञापन

त्यस्तो धरौटी धेरैमा १५ हजार डलर र कम्तीमा पनि ५ हजार डलर हुने टाइम्सले जनाएको छ। अमेरिकामा प्रवेश गरेर नफर्किने सम्भावना भएका मुलुकका नागरिकहरूले यस्तो धरौटी राख्नुपर्ने जनाइए पनि अमेरिकी सरकारले अहिले नै त्यस्तो सूची प्रकाशित गरिसकेको छैन। सो सूची चाँडै नै प्रकाशित हुने जनाइएको छ।

त्यो सूचीमा नेपाल पर्छ कि पर्दैन अहिले नै यकिन छैन। भिसा प्रदान गर्दा मानिसहरूको पहिचान र प्रमाणीकरण गर्न कठिन हुने मुलुकहरू पनि यो सूचीमा पर्ने जनाइएको छ। सुरक्षाको कारण देखाउँदै दुई महिनाअघि मात्रै अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइसकेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यतिर नै यो नियम लागू गर्न चाहेका थिए तर कोभिड(१९ का कारण मानिसहरूको आवतजावत घटेपछि त्यो बेला यो नियम लागू भएन। अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावको एजेन्डा हो। उनले यसपालि चुनाव जित्नुमा अमेरिकामा बढ्दो आप्रवासीको प्रवेशको मुद्दा प्रमुख कारण रहेको विश्लेषकहरूले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka