Premier Cables
Premier Steel

अन्तराष्ट्रिय अपराध

न्युयोर्कको अफिस भवनमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines

न्युयोर्क । न्युयोर्क सहरको म्यानहट्टन क्षेत्रको एक व्यस्त अफिस भवनमा सोमबार साँझ भयावह घटना भयो। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गयो, जसमा एक जना प्रहरी अधिकारी पनि थिए। ती प्रहरी ड्युटीमा थिएनन्।

गोली चलाउने व्यक्ति शेन तामुरा थिए, जसको घर अमेरिका नेभाडा राज्यमा पर्छ। उनले आफैं पनि आत्महत्या गरेका छन्। उनको साथमा लस भेगासको बन्दुक दर्ता प्रमाण (गन लाइसेन्स) भेटिएको छ।

बिज्ञापन

यो घटना साँझ करिब ६:३० बजेतिर पार्क एभिन्युमा भएको हो। सो ठाउँमा अमेरिका भरिका ठूला वित्तीय संस्थाहरू र (नेशनल फुटबल लिग) को कार्यालय रहेको अफिस टावर छ।

प्रत्यक्षदर्शीहरूका अनुसार भवनको पहिलो तलाबाट लगातार गोली चलेको आवाज आयो। डरले मानिसहरू बैठक कोठा (कन्फरेन्स रुम) मा लुके। कोठाको ढोका फर्निचर लगाएर बन्द गरे।

न्युयोर्क सहरका मेयर एरिक एडम्सले केही घाइते भएको बताएका छन् र सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै भवनभित्र रहेका मानिसहरूलाई बाहिर ननिस्कन भने।

सुरक्षाकर्मीहरू भवनका सबै तल्लाहरूमा खोजी गरिरहेका छन्। टिभीमा देखिएको दृश्य अनुसार, मानिसहरू हात उठाएर बाहिर आइरहेका थिए। सो अफिस टावरमा ब्ल्याकस्टोन कम्पनी र आयरल्यान्डको दूतावास पनि रहेको बताइएको छ।

नजिकैको अर्को भवनका केही कर्मचारीहरू खाना खान निस्किँदा गोलीको आवाज सुनेर डराए, तुरुन्तै भित्र फर्किए र झन्डै दुई घण्टासम्म अफिसमै थुनिए।

प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। किन यस्तो हमला भयो भन्ने कारण अहिले स्पष्ट छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka