Premier Cables

समाचार

हलेसी दर्शनबाट फर्किँदै गरेको बस दुर्घटना, १ जनाको मृत्यु, १६ घाइते

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको यात्रुबाहक गाडी दुर्घटनामा १ जनाको मृत्यु र १६ जना घाइते भएका छन्।

दुर्घटना हलेसी तुवाचुङ नगरपालिका–१ स्थित डौठे खोलानजिक बाहुनीडाँडामा भएको हो। सिराहा नरहा गाउँपालिका–५, ३, र २ नम्बर वडाका १७ जना यात्रु सवार प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएकी ३६ वर्षीया ममतादेवी यादवको मृत्यु भएको छ। उनी नरहा गाउँपालिका–३ की बासिन्दा थिइन्।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था र अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka