विराटनगर । सुनसरीकाे बर्जु ६ मा इभी कारले माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
प्र १-०२-००२-च ६३५२ नम्बरको इभी कारकाे ठक्करले प्र
१-०१-००३ प २६१२ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा आगलागी भएकाे थियाे ।
दुर्घटनामा माेटरसाइकल चालक सप्तरी विष्णुपुराका ५० वर्षिय लालकुमार यादव र पछाडी सवार श्रीमती रामपरी यादव घाइते भएका थिए ।
गम्भीर घाइते भएका माेटरसाइकल चालककाे उपचारका क्रममा बिराटनगरमा मृत्युु भएकाे सुनसरी प्रहरीले जनाएकाे छ । मृतक प्रहरी कर्मचारी भएकाे खुलेकाे छ ।
सुनसरी प्रहरीका अनुसार उनी नेपाल प्रहरीका बरिस्ठ सई हुन । उनले ६ गते जिप्रका बाराबाट जिप्रका सिराहा दरबन्दी जान रवाना बुझेकाे पाइएकाे छ ।
कार चालक माेरङ कटहरी घर भएका डाक्टर राजेन्द्र चाैधरी चिमडी प्रहरीको नियन्त्रणमा रहेकाे सुनसरी प्रहरीले जनाएको छ ।



