Premier Cables
Premier Steel

अर्थ

इलाम यातायात कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । इलामको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १३ करोड ८२ लाख बढी राजस्व सङ्कलन गर्दै वार्षिक लक्ष्य पार गरेको छ। कार्यालयले रु १३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २२.०२ प्रतिशत वृद्धि हुँदै अघिल्लो वर्षको तुलनामा रु २ करोड ४९ लाख बढी राजस्व उठाएको हो।

कार्यालयका अनुसार सवारी साधन वार्षिक करबाट रु ९ करोड ९६ लाख, सवारी दर्ता, नामसारी र नवीकरणबाट रु ७२ लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु १ लाख २८ हजार, आयकरबाट रु ३७ लाख ८५ हजार, र चालक अनुमतिपत्रबाट रु १ करोड ४३ लाख राजस्व संकलन भएको हो।

बिज्ञापन

नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको राजस्व असुली केन्द्रबाट मात्रै रु १ करोड ६ लाख राजस्व संकलन गरिएको छ। त्यस्तै, रुट पर्मिट र पटके इजाजतबाट रु १ करोड ३० लाख उठाइएको छ।

कोशी प्रदेश सरकारको व्यवस्थाअनुसार भारतीय सवारी प्रवेश गर्दा चारपांग्रे सवारीबाट रु ५१० र मोटरसाइकलबाट रु २१० शुल्क लिने गरिएको छ। अघिल्लो वर्षदेखि यो राजस्व असुली प्रणाली सञ्चालनमा आएको हो।

इलाम, पाँचथर, ताप्लेजुङका साथै झापाका सेवाग्राहीहरू पनि चालक अनुमति सम्बन्धी सेवाका लागि इलाम कार्यालय आउने गरेको प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka