Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा : स्वास्थ्य संस्थासँग समन्वय, आपतकालीन सेवा निःशुल्क

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा हुने राधाकृष्ण रथयात्रालाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न र रथयात्राको दिन भक्तजनहरूलाई कुनै स्वास्थ्य समस्या आए तत्काल उपचार सुविधा सुनिश्चित गर्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्र देव यादवको अध्यक्षतामा एक विशेष बैठक सम्पन्न भएको छ।

बैठकमा विराटनगरका प्रमुख स्वास्थ्य संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले महत्वपूर्ण निर्णय गर्दै रथयात्राको दिन विभिन्न स्थानमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको छ। साथै, एम्बुलेन्स व्यवस्थापन तथा आकस्मिक अवस्थामा सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पूर्वतयारी मिलाउने सहमति पनि भएको छ।

विज्ञापन

गोल्डेन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. जिला उल हकको संयोजकत्वमा बनेको संयोजन समितिको नेतृत्वमा सम्पूर्ण अस्पतालहरू रथयात्राको दिन आकस्मिक सेवाका लागि सक्रिय रहनेछन्। भक्तजनलाई रथयात्राको क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या परेमा विराटनगरका सबै अस्पतालहरूले आकस्मिक सेवा निःशुल्क प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

यस निर्णयले रथयात्रा सुरक्षित, व्यवस्थित र सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बैठकमा सहभागी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू तथा सहकार्यका लागि प्रतिबद्ध सम्पूर्ण सरोकारवालाप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka