Premier Cables
Premier Steel

विराटनगर

राधाकृष्ण रथयात्रा : स्वास्थ्य संस्थासँग समन्वय, आपतकालीन सेवा निःशुल्क

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:२७ बजे

विराटनगर । विराटनगरमा हुने राधाकृष्ण रथयात्रालाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न र रथयात्राको दिन भक्तजनहरूलाई कुनै स्वास्थ्य समस्या आए तत्काल उपचार सुविधा सुनिश्चित गर्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्र देव यादवको अध्यक्षतामा एक विशेष बैठक सम्पन्न भएको छ।

बैठकमा विराटनगरका प्रमुख स्वास्थ्य संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले महत्वपूर्ण निर्णय गर्दै रथयात्राको दिन विभिन्न स्थानमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको छ। साथै, एम्बुलेन्स व्यवस्थापन तथा आकस्मिक अवस्थामा सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पूर्वतयारी मिलाउने सहमति पनि भएको छ।

बिज्ञापन

गोल्डेन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. जिला उल हकको संयोजकत्वमा बनेको संयोजन समितिको नेतृत्वमा सम्पूर्ण अस्पतालहरू रथयात्राको दिन आकस्मिक सेवाका लागि सक्रिय रहनेछन्। भक्तजनलाई रथयात्राको क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या परेमा विराटनगरका सबै अस्पतालहरूले आकस्मिक सेवा निःशुल्क प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

यस निर्णयले रथयात्रा सुरक्षित, व्यवस्थित र सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बैठकमा सहभागी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू तथा सहकार्यका लागि प्रतिबद्ध सम्पूर्ण सरोकारवालाप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka