Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा: प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गर्ने

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | राती ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी भदौ १ गते आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रालाई व्यवस्थित र सफा बनाउन विराटनगर महानगरपालिकाले विशेष तयारी थालेको छ ।

रथयात्राको समयमा हुने फोहोरलाई न्यूनीकरण गर्न र वातावरणीय स्वच्छता कायम राख्न महानगरले कडा नीति अघि सारेको हो ।

विज्ञापन

रथयात्राको अवसरमा प्रसाद, पानी तथा सर्वत वितरण गर्ने धार्मिक परम्परालाई सम्मान गर्दै महानगरले सरसफाइमा विशेष ध्यान दिएको छ ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनम दाहालका अनुसार, रथयात्राका क्रममा फोहोर फैलिन नदिन पूर्वस्वीकृतिबिना प्लास्टिकका बोतल, गिलास, कप र प्लेट जस्ता सामग्री वितरणमा रोक लगाइनेछ ।

“वातावरणीय सरसफाइमा सहयोग नगर्ने र जथाभावी प्लास्टिकजन्य सामग्री प्रयोग गर्ने व्यक्ति वा संस्थालाई कारबाही गरिनेछ,” दाहालले बताए ।

फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन रथयात्राको दिन महानगरले रथ गुड्ने मार्गमा निःशुल्क सरसफाइ सेवा पनि प्रदान गर्ने भएको छ । यसका लागि आवश्यक सरसफाइ सामग्रीसहित फोहोर संकलन टोली परिचालन गरिनेछ ।

रथयात्रामा जलपान वा अन्य कुनै कार्यक्रम सञ्चालन गर्न चाहने संघसंस्था तथा व्यक्तिले साउन ३० गतेभित्र महानगरपालिकामा आफ्नो कार्यक्रमबारे जानकारी दर्ता गराउनुपर्नेछ । दर्ता भएका स्टलहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न र प्लास्टिकरहित सामग्री प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।

महानगरले ‘सफा सहर, हरित सहर’ अभियानलाई सफल बनाउन सबै नगरवासीलाई यस कार्यमा सहयोग गर्न अपिल गरेको छ । अघिल्लो वर्षको अनुभवबाट सिक्दै यस वर्ष अझ प्रभावकारी रणनीति अपनाइने महानगरले जनाएको छ ।

यस पहलले रथयात्रालाई धार्मिक र सांस्कृतिक उत्सवका रूपमा मात्र नभई, स्वच्छता र सामाजिक उत्तरदायित्वको पर्वका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka