Premier Cables
Premier Steel

विराटनगर

राधाकृष्ण रथयात्रा : स्वरुप फेरिएर यस्तो बन्दै छ नयाँ रथ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यो पटक नयाँ रथ प्रयोग हुने भएको छ । रथको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो जन्माष्टमीमा नयाँ रथमा राधाकृष्णलाई विचरण गराईने आयोजकको तयारी छ । ५७ वर्षसम्म विराटनगर परिक्रमा गराउन प्रयोग भएको रथ पुरानो र जीर्ण भएको थियो ।

विराटनगर महानगरपालिकाको सहयोगमा नयाँ रथ बनाउन शुरु गरिएको हो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार नयाँ रथ पहिलेको भन्दा ठूलो र आकर्षक हुने छ। वि.सं। १९८८ मा खटयात्राका रूपमा सुरु भएको यो यात्रा वि।सं २०२५ देखि रथयात्रामा परिणत गरिएको थियो ।

बिज्ञापन

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा धमाधम नयाँ रथ बनाइँदै छ । प्यागोडा शैलीमा निर्माण भइरहेको नयाँ रथको उचाइ २१ फिट, लम्बाइ १९ फिट, र चौडाइ १४ फिट हुनेछ। पहिलेको रथको उचाइ १८ फिट, लम्बाइ १६ फिट र चौडाइ १२ फिट थियो। २०२५ सालमा निर्माण भएको रथ ५७ वर्षसम्म टिकेकोमा अहिले निर्माण भइरहेको रथ एक शताब्दी टिक्ने विश्वास रहेको अध्यक्ष रेग्मीले बताएका छन्।

नेपाल र भारतका अनुभवी काठ मिस्त्रीहरूले रथको माथिल्लो भागलाई आकर्षक बुट्टाले सजाइरहेका छन्। निर्माण समितिले रथको सानो नमूना तयार गरेर प्रदर्शनमा राखेको छ । नेपालभरबाट १०० वर्ष पुराना सखुवा र सिसौका काठ संकलन गरी बुट्टाले सजाउने काम भइरहेको छ। रथको तल्लो भागमा फलाम प्रयोग गरिएको छ । यसको निर्माण कार्य पूरा भइसकेको छ। असार मसान्तसम्म निर्माण सकेर साउन १५ गतेसम्म सजावट कार्य पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको युगल मूर्ति राखेर रथयात्रा निकाल्ने परम्परा छ। यो यात्रालाई अवलोकन गर्न नेपाल र भारतका लाखौँ भक्त विराटनगरमा जम्मा हुने गर्छन्। भक्तहरूले रथको डोरी तान्नुलाई धर्म कमाउने अवसर मान्दै यसमा सहभागिता जनाउने परम्परा छ।

नयाँ रथ निर्माणमा करिब ४५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। निर्माण पूरा भएपछि भक्तजनले नयाँ रथको दर्शन गर्न पाउने छन्। साथै, ऐतिहासिक रथले नयाँ रूप पाएर सांस्कृतिक महत्त्वलाई थप सशक्त बनाउनेछ। राधाकृष्ण रथयात्राले विराटनगरको इतिहासलाई जीवित राख्दै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa