Premier Cables
Premier Steel

समाचार

हाम्रो विराटनगरको लाईभमा भारतीय प्राविधिक, रथयात्रा अवधिभर धार्मिक क्वीज कन्टेस्ट

Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १:०५ बजे

विराटनगर । श्रीराधाकृष्ण रथयात्रा आज अपरान्ह शुरु हुँदै छ । मन्दिर परिसरबाट केही अघिमात्र रथ तीनपैनी सडकमा निकालिएको छ ।

हाम्रो विराटनगर डटकमले सहरका स्क्रिनबाट रथयात्राको सबै गतिविधि र उत्सव प्रत्यक्ष प्रसारण गर्दै छ । यसका लागि भारतबाट क्यामेरा पर्सन तथा प्राविधिकहरुको टोली आएका छन् । उनीहरुले हाम्रो विराटनगर डटकमसँग जोडिएर रथयात्राको प्रत्यक्ष प्रसारण गर्ने छन् । यसको लाइभ भिडियो हाम्रो विराटनगरको फेसबुक पेजबाट लाइभ हुने अध्यक्ष राहुल सोनीले बताएका छन् ।

बिज्ञापन

रथयात्रामा सहभागी हुने भक्तजनसँग हाम्रो विराटनगरका पत्रकारहरुले भक्ति र श्रीकृष्ण गाथासँग जोडिएका विषयमा क्विज कन्टेस्ट पनि गराउने छन् । विजेतालाई विशेष गिफ्ट ह्याम्पर समेत दिने व्यवस्था गरिएको सोनीले बताएका छन् । हाम्रो विराटनगरले गएराति देखि नै धार्मिक क्विज कन्टेस्ट गराई रहेकोछ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार अब राधकृष्णको प्रतीमा रथमा विराजमान गराइने छ । त्यहाँ मूल पुरोहितले वैदिक विधिअनुसार पूजा गर्ने छन् । त्यसपछि समारोहका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूजाअर्चना गरेपछि रथ अगाडि बढ्ने छ ।

यो पटक विराटनगरमा नयाँ रथबाट रथयात्रा गराइँदै छ । विराटनगर महागनरपालिकाको सहयोगमा नयाँ रथ बनाइएको हो । निर्माणको क्रममा रथलाई मन्दिरकै ग्यारेजमा राखिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka