Premier Cables
Premier Steel

विराटनगर

शिवकुमार मण्डलको टिप्पणी: ‘पार्टीभित्र साँचो आलोचकलाई विभाजनकारी भन्न थालिएको छ’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | अपराह्न १:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सांसद शिवकुमार मण्डलले पार्टीभित्र जारी वैचारिक द्वन्द्व र नेतृत्वको चरित्रमाथि गम्भीर टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत पार्टीभित्रको हालको अवस्था, सरकारको नीति, र नेतृत्वको दिशाबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

पोस्टको सुरुवातमै मण्डलले सम्झिए, “त्यो समय, जब अध्यक्ष कमरेड प्रचण्ड सरकारमा सुशासनको मार्गमा समर्पित थिए,” तर हाल मोरङका सांसद डा. सुनिल शर्माले प्रचण्डको आलोचना गर्दै अर्का नेता अनन्तलाई “इतिहासकै उत्कृष्ट अर्थमन्त्री” को उपाधि दिएका विषयलाई उदाहरण दिँदै उनले भने — “यो केवल प्रशंसा र आलोचनाको प्रसंग होइन, यो हामी कहाँ उभिएका छौं भन्ने गम्भीर प्रश्न हो।”

बिज्ञापन

मण्डलले पार्टीभित्रकै केही नेताहरूको ‘घृणित चरित्र’ ले जनताको भरोसामा चोट पुर्‍याएको उल्लेख गर्दै नोबेल मेडिकल अस्पतालको सेयर काण्डलाई उदाहरण दिएका छन्। उनले लेखेका छन् — “जनताले यस्ता काण्डहरू बिर्सेका छैनन्।”

उनको भनाइमा, अहिले पार्टी यस्तो मोडमा उभिएको छ, जहाँ सत्य बोल्नेलाई नै ‘विभाजनकारी’ को रूपमा चित्रित गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। “पार्टी फुटाउने योजना तल्लो तहबाट होइन, सत्ताको शीर्ष तहबाटै चलाइएको जस्तो देखिन्छ,” उनले लेखेका छन्।

आगामी मंसिरमा हुन लागेको विशेष महाधिवेशनलाई मण्डलले “वैचारिक पुनर्जागरणको थलो” बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सरकारको ‘भिजिट भिसा’ सहमतिको आलोचना गर्दै यसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नैतिक रूपमा कमजोर बनाएको दाबी गरे।

देशको समसामयिक संकटबारे बोल्दै उनले संविधान संशोधन, आर्थिक पुनःसंरचना, र पार्टी पुनर्गठनलाई आजको ऐतिहासिक आवश्यकता बताए।

कमरेड प्रभाकरले अघि सारेको लोकतान्त्रिक बहसलाई दबाउने र माफियावादी तत्वलाई संरक्षण दिने प्रवृत्तिबाट पार्टी र देश दुवैलाई खतरा रहेको चेतावनी दिएका छन्। उनले लेखेका छन् — “साँचो सुशासन चाकरीमा होइन, जवाफदेहिता र विधिपद्धतिमा हुन्छ।”

मण्डलले विगतमा केपी ओली नेतृत्वमा देखिएका विधि मिच्ने अभ्यास र माफियासँगको साँठगाँठको स्मरण गर्दै त्यस प्रवृत्तिलाई आज पनि सशक्त प्रतिवाद गर्नु अपरिहार्य रहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka