Premier Cables
Premier Steel

राजनीति

जनार्दन शर्माले गरे माओवादी बैठक बहिस्कार

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन्। आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा उपस्थित थिएनन्, जानकारी प्रवक्ता अग्नि सापकोटाले दिए।

प्रवक्ता सापकोटाका अनुसार, ‘हिजो उनले आफ्नो कुरा राखेर बैठक छाड्नुभयो। आज बैठकमा आउनुभएन।’ शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग पार्टी एकता नगर्नुपर्ने मत राखेका थिए। आफ्नो भनाइ राखेपछि उनी बैठकबाट बाहिरिएका थिए।

उनले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने बताए। आइतबार पुनः बसेको बैठकमा एकताबारे संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए। बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गर्नका लागि कात्तिक १८ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।

‘आजको बैठकमा समायोजन, नीतिगत र वैचारिक विषयमा छलफल भयो। नयाँ दल दर्ता गर्ने विषयमा विशेष ध्यान दिइयो,’ सापकोटाले भने।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka