Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

क्यूआरकोडको झमेलामा कोसीका मन्त्री, विपक्षी दलले माग्यो राजीनामा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | अपराह्न ३:२० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले क्यूआरकोड कोड पठाएर पैसा मागेको भन्ने आरोपको विषयमा सोमबार प्रदेश सभा बैठकमा विपक्षी दलले सरकारसँग जवाफ मागेको छ ।

गम्भीर आरोप लाग्दै जाँदा समेत सरकार मौन बसेको भन्द नेकपा माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्रीको नैतिकतामाथि गम्भीर प्रश्न उठाए । उनले नैतिकताको आधारमा मन्त्री मण्डलले राजीनामा गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।

बिज्ञापन

किरातीले मन्त्री मण्डलले आफ्नो सचिवालयबाटै व्यवसायीहरूलाई क्युआर कोड पठाएर रकम माग गरेको गम्भीर आरोप लगाउँदै त्यसबारे स्पष्ट जवाफ माग गरे। उनले यो घटनाले सरकारभित्र दलाली र लेनदेनको खेल हावी भएको प्रमाणित गरेको बताए।

ूबजेट बनाउने बेला बिचौलिया छैनन् भनिएको थियो, तर अहिले देखिएको मन्त्रीहरूको व्यवहारले त्यो झुट प्रमाणित भएको छ,ू किरातीले तीव्र आलोचना गर्दै भने, ूयदि सरकारसँग अलिकति नैतिकता बाँकी छ भने मन्त्री मण्डललाई तुरुन्तै बर्खास्त गर्नुपर्छ।

उनले मन्त्री मण्डलको सचिवालयमा भइरहेको चलखेल र अनियमितता पनि अनुसन्धानको दायरामा ल्याइनुपर्ने जोड दिए। तर यति गम्भीर आरोप लगिँदा पनि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार मौन बसेको भन्दै आपत्ती जनाए ।

मन्त्री मण्डलले भने आफूलाई लगाइएको आरोप मिथ्या भएको दाबी गर्दै आएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka