२०८२ जेठ ०२, शुक्रबार
Premier Cables

राजनीति

दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड

Hamro Biratnagar Calendar सोमबार, बैशाख २२, २०८२  | 3:07 PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताए ।

बिज्ञापन

 

बिज्ञापन

अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आलोचना गरे । हरेक नियुक्तिमा बिचौलिया समूह हावी भएको प्रचण्डको जिकिर छ ।

 

उनले भने, ‘जे भनेर सात बुँदे सहमति गर्नुभएको थियो । त्योतर्फ कसैको ध्यान गएको देखिँदैन । संविधान संशोधनको कुरा त धेरै परको कुरा । मैले सरकार आफ्नै बोझले ढल्छ भनेको थिएँ त्यतिबेलै । प्राविधिकरूपले सरकार ढलेको छैन । तर, जनताको मनमा सरकार छैन, ढलिसकेको छ । मेरो चिन्ता हिजो पनि थियो, आज पनि छ । तपाईंहरूको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार भइरहेको छ ।’

 

 

 

 

लोकतन्त्रमाथि खतरा बाहिरबाट भन्दा पनि सरकारमा रहेकाहरूबाटै भएको प्रचण्डको आरोप छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement