Premier Cables
Premier Steel

समाचार

पोर्चुगल सरकारद्वारा अवैध रूपमा बसोबास गर्ने १८ हजार विदेशी निष्कासनको तयारी

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २२, २०८२  | अपराह्न १:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोर्चुगलको कामचलाउ सरकारले अनुमति बिना देशमा बसोबास गर्ने लगभग १८,००० विदेशीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ। राष्ट्रिय चुनावको तयारीको बारेमा जानकारी दिँदै गर्दा एक मन्त्रीले शनिबार यस्तो बताएका हुन्।

राष्ट्रपतीय मन्त्री एन्टोनियो लेइटाओ अमारोले भने, ‘मध्य-दक्षिणपन्थी सरकारले देशमा अवैध रूपमा रहेका मानिसहरूलाई देश छोड्न लगभग १८ हजार सूचनाहरू जारी गर्नेछ।’ मन्त्रीका अनुसार अधिकारीहरूले अर्को हप्ता लगभग ४ हजार ५०० विदेशीहरूलाई २० दिन भित्र स्वेच्छिक रूपमा देश छोड्न सूचित गरेर यो अभियानको सुरुवात गर्नेछन्।’

बिज्ञापन

पोर्चुगलमा मे १८ मा समयअगावै आम चुनाव हुँदैछ। प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले मार्चमा आफ्नो कन्जरभेटिभ सोसल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको अल्पमतको सरकारले संसदमा विश्वासको मत गुमाएपछि राजीनामा दिँदै समयअगावै निर्वाचनको घोषणा गरेका थिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka