Premier Cables
Premier Steel

समाचार

विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ४:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर। विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा सुरु भएको छ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूजाअर्चना गरेपछि अपराह्नबाट रथयात्रा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

मेनरोड हुँदै सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै कोशी राजमार्ग हुँदै बरबाछी पुगेर पुनः मन्दिर परिसरमै फर्किएर समापन हुने कार्यक्रम तय गरिएको छ। रथयात्राले कुल ९ किलोमिटर दूरी तय गर्नेछ, र ४४ स्थानमा विश्राम लिने मूल आयोजक समितिले जानकारी दिएको छ।

मुख्यमन्त्री कार्कीले शुभारम्भ समारोहमा बोल्दै रथयात्रालाई देशको मात्र नभई एसियाकै दोस्रो ठूलो धार्मिक उत्सव भएको बताए। उनले नेपाललाई धार्मिक र जातीय विविधताले सम्पन्न राष्ट्रका रूपमा उल्लेख गर्दै, यस्ता सांस्कृतिक पर्वहरूले सामाजिक एकता र समृद्धिको सन्देश दिने बताए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यस वर्ष विशेष रूपमा नयाँ रथ निर्माण गरिएको जनाए। उनका अनुसार, रथ निर्माणका लागि महानगरले रु. ४४ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।
“यो रथयात्रा विराटनगरबासीलाई एकताको सूत्रमा बाँध्ने प्रमुख आधार हो,” उनले भने।

प्यागोडा शैलीमा निर्माण गरिएको नयाँ रथको उचाइ २१ फिट, लम्बाइ १९ फिट र चौडाइ १४ फिट रहेको छ। यसअघि प्रयोगमा रहेको पुरानो रथको उचाइ १८ फिट, लम्बाइ १६ फिट र चौडाइ १२ फिट थियो। वि.सं. २०२५ मा निर्माण भएको पुरानो रथ ५७ वर्षसम्म प्रयोगमा रहेको थियो। नयाँ रथ कम्तीमा ५० वर्षसम्म टिक्ने गरी निर्माण गरिएको मेयर कोइरालाले जानकारी दिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka