Premier Cables

विराटनगर

श्रीराधाकृष्ण रथयात्रामा किन तानिन्छ डोरी ?

Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न १२:०१ बजे

विराटनगर । पुरी,भारतको जगन्नाथ रथ यात्रा…एशियाकै सबैभन्दा ठूलो रथ यात्रा मानिन्छ, जसले हरेक वर्ष लाखौं भक्तजनलाई आफ्नो आँचलमा समेट्छ। तर के तपाईंलाई थाहा छ? यही रथ यात्रापछि, नेपालको पवित्र भूमिमा निस्कन्छ –
एशियाकै दोस्रो ठूलो रथ यात्रा – राधाकृष्ण रथ यात्रा विराटनगर।

यो केवल एक धार्मिक परम्परा होइन, यो त नेपाल र भारतको हृदयलाई जोड्ने एक आध्यात्मिक सेतु हो।
त्यो दिन विराटनगरका गल्लीहरूमा… भक्तिभावको ठूलो भेल बग्छ,
आकाश शङ्ख ध्वनि र घण्टीको गुँजले भरिन्छ,

बिज्ञापन

र रथका पाङ्ग्राहरू जति अगाडि बढ्छन्, श्रद्धा पनि त्यतिकै अगाडि बढिरहन्छ। त्यो दिन न त कोही सानो हुन्छ, न ठूलो, न धनी हुन्छ, न गरिब… सबै जना एउटै डोरी तानेर एक परिवारझैं भक्ति-बंधनमा बाँधिन्छन्।

परम्परा अनुसार विश्वास गरिन्छ-रथको डोरी समात्नु भनेको, भाग्यको डोरी समात्नु हो। जो भक्तजन प्रेमपूर्वक रथ तान्छन्, उनीहरूको जीवनमा सुख-समृद्धि आउँछ, र श्रीकृष्ण आफैं उनीहरूका रक्षक बन्छन्।

तसर्थ, आउनुहोस्… तपाईं पनि यो दिव्य र अलौकिक महोत्सवका साक्षी बन्नुहोस्—
र त्यो भक्ति महसुस गर्नुहोस्, जसले सिमाना होइन,
दिलहरूलाई जोड्ने काम गर्छ।

जय श्रीराधे… जय श्रीकृष्ण ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Web Surfer
Vianet
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka