






विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन तथा महेश्वरी महिला मञ्च विराटनगरको संयुक्त आयोजनामा सञ्चालन भएको “सेल्फ डिफेन्स कार्यक्रम – आत्मरक्षा” सफलतापूर्वक सम्पन्न भएको छ।
बिमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा सञ्चालित तीन दिने तालिममा ६२ छात्राहरूले सक्रिय सहभागिता जनाए। सहभागीहरूलाई सुरक्षा सचेतना, आत्मरक्षा प्रविधि, र आत्मविश्वास अभिवृद्धिका लागि आवश्यक व्यावहारिक तालिम दिइयो।
समापन समारोहमा सहभागी विद्यार्थीहरू, प्रशिक्षकहरू, तथा दिल्ली पब्लिक स्कुल, विराटनगरलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रममा इन्टरक्ट क्लब अफ विराटनगर डाउनटाउन र डीपीएस इन्टरक्ट क्लबका सदस्यहरूको समेत सक्रिय सहयोग रह्यो। आयोजक संस्थाहरूले यो पहलले छात्राहरूलाई आत्मनिर्भर र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।