Premier Cables
Premier Steel

समाचार

आरोपितको फोटो-भिडियो सार्वजनिक गर्न नपाउने, प्रहरी कार्यालयमा केन्द्रको परिपत्र

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | राती ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो अब सार्वजनिक गर्न नपाइने भएको छ।

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी इकाइहरूलाई परिपत्र जारी गर्दै, यस्तो सामग्री पत्रकार सम्मेलन वा कुनै सूचना दिनेदाखेरि नदेखाउन निर्देशन दिएको हो।

बिज्ञापन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनका आधारमा उक्त परिपत्र जारी गरिएको हो।

उनले भने, “महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको गोपनीयताको विषयलाई ध्यानमा राख्दै तस्बिर तथा भिडियो सार्वजनिक नगर्न सुझाव दिएको थियो। सोही निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका युनिटहरूलाई परिपत्र पठाएको हो।”

प्रवक्ता घिमिरेले जघन्य प्रकृतिका अपराध तथा विशेष परिस्थितिमा भने सम्बन्धित निकायको अनुमति लिएर मात्र तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय अघिल्लो असारमै गरिसकेको थियो। त्यसको जानकारी प्रहरी प्रधान कार्यालयमा प्राप्त भएलगत्तै यसको कार्यान्वयन सुरु गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka