काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात् २.६१ अंकले घटेर २ हजार ७५७.४० विन्दुमा पुगेको सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले बढेर ४७१.१३ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
उनले थपे, ‘अघिल्लो दिन बजार बढ्दा नाफा बुक भएकाले पनि यसलाई सामान्य करेक्सन मात्रै मान्न सकिन्छ । आज भोल्युम घट्नुको मुख्य कारण भनेको चैत मसान्तसको दबाब हो । वैशाख २ गतेदेखि मार्जिन कारोबार सुरु हुँदैछ, ब्रोकर कम्पनीहरुले महिना सकिनै लाग्दा हिसाब मिलान गर्नुपर्ने हुँदा आज कारोबार घटेको छ । चैत मसान्तको दबाब सकिने बित्तिकै बजारले आफ्नो लय लिन्छ । सेयर लगानीकर्ताहरुको मनोबल पनि उच्च भइसकेको छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.०८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०४, हाईड्रो ०.१५ र अन्य समूह ०.७१ प्रतिशतले बढ्यो ।

