Premier Cables
Premier Steel

अर्थ विराटनगर

पूर्व गृहमन्त्रीसँग मोरङ व्यापार संघको आग्रह – अब भ्याट खारेज गरियोस्

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | साँझ ५:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघको एक प्रतिनिधिमण्डलले बुधबार पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणसँग भेटघाट गरेको छ । उद्योगी तथा व्यवसायीहरूका समसामयिक समस्या र चुनौतीहरूबारे जानकारी गराउँदै समाधानमा ध्यान दिन आग्रह गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको नेतृत्वको टोलीले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक तथा मौद्रिक नीति विगतको तुलनामा उद्योग–व्यवसायमैत्री भए तापनि केही बुँदामा सुधार आवश्यक रहेको धारणा राख्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

बिज्ञापन

प्रतिनिधिमण्डलले उद्योग तथा व्यवसायमा देखिएका व्यावहारिक समस्याहरूको समाधानका लागि सरकारबाट नीतिगत सुधारको अपेक्षा राख्दै तयार पारिएको ज्ञापन पत्र खाँणलाई बुझाएको थियो। सो अवसरमा संघका निवर्तमान अध्यक्ष रिजालले नेपालको बीमा प्रणालीमा लागू भइरहेको अत्यधिक प्रिमियम दर घटाउनुपर्ने, बीमाका अन्यायपूर्ण नीतिहरू खारेज गर्नुपर्ने, साथै कवाडीजन्य फलामको धुलो र टुक्रा सिसाको निकासीमा लाग्दै आएको भन्सार महसुल हटाउनुपर्ने माग प्रस्तुत गरेका थिए।

त्यस्तै, संघका पूर्व अध्यक्ष पवन कुमार सारडाले वायर रड उत्पादन उद्योगमा प्रयोग हुने कच्चा पदार्थ एम।एस। वायर रडमा भन्सार महसुल वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै उक्त निर्णयको पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। साथै, सुतिका लत्ता कपडाको आयातमा लागिरहेको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सुन तथा सुनका गहनाको बिक्री मूल्यमा लगाइएको दुई प्रतिशत विलासिता शुल्क र बहुमूल्य पत्थर जडित गहनामा लाग्ने १३ प्रतिशत (भ्याट) को व्यवस्था व्यवसायमैत्री नभएको बताउँदै त्यसको खारेजीका लागि सरकारसमक्ष पहल गरिदिन आग्रह गरे ।

संघको उक्त टोलीमा वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा महिला उद्यम समिति सदस्यहरू सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka