Premier Cables
Premier Steel

राष्ट्रिय

दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्कीबास खण्ड पूर्णरुपमा बन्द

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुटवल । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेस्थित खुर्सानी खोला नजिक सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, गएरातिदेखि नै खुर्सानी खोलामा सडक भासिएको र सोही ठाउँमा लु१क ५८२७ नम्बरको एक ट्रक फसेपछि उक्त खण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

बिज्ञापन

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा रोकिएका छन् भने पूर्वबाट आएका सवारी साधनहरू दुम्किबासतर्फ रोकिएका छन्।

खुर्सानी खोला क्षेत्रमा यसअघि पनि पटकपटक सडक भासिँदै आएको थियो। नारायणगढ–बुटवल सडक विस्तारको काम जारी रहे पनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काममा ढिलाइ हुँदा यस क्षेत्रमा बारम्बार यातायात अवरुद्ध हुने गरेको छ। सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण केही समय लाग्ने प्रहरीले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka