Premier Cables
Premier Steel

विराटनगर शिक्षा

महेन्द्र मोरङ क्याम्पस प्रशासनमा विद्यार्थीद्वारा तालाबन्दी

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | राती १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा प्रशासनको उदासीनताको विरोधमा आज बीएससी संकायका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यालय र सामान्य प्रशासन शाखामा ताला लगाएका छन्।

विद्यार्थीहरूका अनुसार केही दिनअघि क्याम्पसमा विद्यार्थीहरूबीच झगडा भएको थियो, जसमा बीएससी संकायका एक विद्यार्थीमाथि कुटपिट भएको थियो। घटनापछि पीडित पक्षले न्यायको माग गर्दै हिजो स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) कक्षमा ताला लगाएका थिए।

बिज्ञापन

तर, न त स्ववियु न त क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया दिएको भन्दै उनीहरूले आज थप दबाब स्वरूप प्रशासनमै तालाबन्दी गरेका हुन्।

विद्यार्थीहरूको माग छ – घटनाको निष्पक्ष छानबिन होस् र दोषीमाथि आवश्यक कारबाही गरियोस्। प्रशासन र स्ववियु दुवै मौन बसेकोप्रति आक्रोश पोख्दै उनीहरूले आन्दोलनलाई अझ चर्काउने चेतावनी पनि दिएका छन्।

क्याम्पस प्रशासनले यस विषयमा हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

ma

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa