Premier Cables
Premier Steel

अपराध

जेनजी आन्दोलनका फरार युवा बलात्कार आरोपमा पक्राऊ

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रामेछाप । रामेछापमा ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय युवक ‘जेनजी’ आन्दोलनको क्रममा फरार कैदी भएको खुलेको छ।

जेनजी आन्दोलनको क्रममा गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका २१ वर्षका प्रेम विसुंखेलाई प्रहरीले यही भदौ ३ गते पक्राउ गरेको थियो।

बिज्ञापन

उनी चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थिए। हिरासतबाट भागेपछि उनी रामेछापमा बस्दै आएको खुलेको छ।

उनले यही भदौ २ गते रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka