२०८२ जेठ ०८, बिहिबार
Premier Cables

मौसम विराटनगर

मौसम बदली : विराटनगरसहित विभिन्न क्षेत्रमा वर्षा

Hamro Biratnagar Calendar आइतबार, बैशाख २१, २०८२  | 10:18 AM

देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

गएराति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । गएराति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताउनुभयो ।

बिज्ञापन

आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाण्डौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर