Premier Cables
Premier Steel

शेयर बजार

मौद्रिक नीतिलाई शेयर बजारको स्वागत, सूचक बढ्दा छायो हरियाली

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २९, २०८२  | अपराह्न ३:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको बुधबारदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २९ अंक बढेर २७६०.८० विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२३ अंक बढेको छ।

बिज्ञापन

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ५ हजार ४१५ पटकको कारोबारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँबराबरको ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड १४ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब ३३ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka